नियम १३
कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालनका आधार
: (१) ऐनको दफा २१-को उपदफा (५) बमोजिम एकै वा फरक प्रकृतिका दुई वा दुईभन्दा बढी संस्था वा सङ्घले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आफ्नो उत्पादन वा सेवाको बजारीकरणका लागि देहायबमोजिमका आधारमा कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सक्नेछन् :- (क) सम्बन्धित संस्थाका सदस्यहरूको आवश्यकतामा आधारित उत्पादनको मूल्य श्रृङ्खला विकास, बजार पहुँच वा निर्यात. प्रबन्धको प्रयोजन हुनुपर्ने,
(ख) प्रस्तावित कारोबार, व्यवसाय, उच्चोग वा परियोजनाको स्वामित्व; स्रोत परिचालन, सञ्चालल विधि, सदस्यहरूको लोकतान्त्रिक नियन्त्रण प्रणाली, प्रतिफल वितरण लगायत व्यावसायिक प्रस्तावनाको विस्तृत रूपरेखा तयार गरिएको हुनुपर्ने,
(ग) खण्ड (ख) बमोजिमको प्रस्तावना, सम्बद्ध संस्थाहरू प्रत्येकको साधारण सभाको कायम रहेको कूल सदस्य सङ्ख्याको बहुमतबाट पारित भएको हुनुपर्ने,
(घ) खण्ड ।(ग) बमोजिम पारित प्रस्तावना संयुक्त रूपमा बा साझेदारीमा कार्यान्वयन गर्ने सम्बन्धमा सम्बद्ध संस्थाहरूबीच कम्तीमा पाँच वर्षको करार बन्दोबस्त भएको हुनुपर्ने, (ङ) प्रस्तावित संयुक्त वा साझैदारी कारोबार, व्यवसाय, उद्योग वा परियोजना सम्भाव्यता अध्ययनबाट सम्भाव्य देखिनुपर्ने,
(च) प्रचलित कानून बमोजिम स्थानीय तह वा अन्य -निकायमा प्रस्तावित संयुक्त-बा साझेदारी व्यवसाय दर्ता गर्नुपर्ने भए गरिएको हुनुपर्ने,
(छ। प्रस्तावित संयुक्त वा साझेदारी व्यवसाय सञ्चालन गर्नका लागि प्रचलित कानून बमोजिम कुनै निकायबाट अनुमतिपत्र, स्वीकृति वा इजाजतपत्र लिनुपर्ने भए लिएको हुनुपर्ने।
(२) उपनियम (१) बमोजिमको कार्य सम्पन्न गरी सम्बन्धित संस्था वा सङ्घले तत्सम्बन्धी सम्पूर्ण कागजात संलग्न राखी रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी/समक्ष निवेदन दिनु पर्नेछ ।
(३)-उपनियम (२) बमोजिम प्राप्त निवेदन उपर रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले पन्ध्र दिनभित्र आवश्यक जाँचबुझ गरी संयुक्त वा साझेदारीमा कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्ने जानकारी दिनेछ। (४) उपनियम (३) बमोजिम अनुमति (दिएको जानकारीको रजिष्टार वा जजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले सोको छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(५) यस नियम बमोजिम अनुमति पाएको -संयुक्त वा साझेदारीमा कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्ने संस्था वा सङ्घले रजिष्ट्रारले तोकेको ढाँचामा नियमित रूपमा प्रगति विवरण र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गर्नु पर्नेछ।